रुग्ण उधोग संचालनमा सरकारले ध्यान दिनुपर्छ : कमल थापा
गुगलपाटी संवाददाता हेटौंडा,२३ साउनहेटौंडा औधोगिक क्षेत्रमा रहेको ग्यासिका टेक्टाइल उधोगमा बुधबार राप्रपाका अध्यक्ष सहितको टोलीले अनुगमन गरेको छ ।
बुधबार उधोग क्षेत्रमा छिरेर पूर्व उपप्रधानमंत्री समेत रहेका थापाले अनुगमन गरेका हुन् । उधोगको अनुगमन गर्दे उनले रुग्न अवस्थामा रहेका उधोगहरुको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताए । उनले हेटौंडाका उधोगहरु संचालनमा लागि परेको समस्याको बिषयमा सरकार गम्भीर बन्नुपर्ने बताए ।
उधोगहरु बिभिन्न कारणले अहिले समस्यामा परेको उधोगका संचालक बासु कार्कीले बताए । उनले हेटौंडा कपडा उधोग समेत संचालनमा नरहेको अवस्थामा आफूहरुले कपडा उत्पादन गरिरहेको बताए । उनले सरकारले साथ दिएमा उधोग संचालनमा झन् सहज हुने बताए ।