“नो पार्किङ”का बिषयमा लफडा

गुगलपाटी संवाददाता हेटौंडा,२४ साउन
२४ श्रावण २०७५ ०४:२८

हेटौँडा उपमहानगरपालिका भित्र पर्ने राजमार्ग क्षेत्रमा बुधबारबाट सुरु भएको “नो पार्किङ” को विरोधमा हेटौँडाका मुख्य बजार क्षेत्रका ब्यवसायीले बिहीबार दोश्रो दिनपनि बजार बन्द गरेका छन् ।

हेटौँडा उपमहानगरपालिकाले करिब डेढ महिना अघिबाट सुरु गरेको “नो पार्किङ” अभियान विभिन्न विवादबिच बुधबारबाट पुन सुरु भएको हो । राजमार्गमानै पर्ने मुख्यबजार क्षेत्रहरु राप्तिरोड, मेनरोड, पिपलबोट क्षेत्रमा “नो पार्किङ” भएको हो ।
नो पार्किङको बिरोधमा ब्यवसायीहरुले बजार बन्द गरेका छन् । स्थानीय प्रशासनले अब्यवहारिक निर्णय गरेको भन्दै उनिहरुले बजार बन्द गरेका हुन् ।मकवानपुर उधोग बाणिज्यसंघले थप आन्दोलन गर्ने चेतावनी दिइरहेको छ ।

अब पिपलबोट क्षेत्रमा किनमेल गर्न जानेहरुले चौकिटोल ओरालोको खाली भाग, मेनरोडमा जानेले फरेस्टी क्याम्पसको क्षेत्र तथा राप्तिरोडमा जानेले जिल्ला प्रहरी कार्यालय अघिको खाली भागमा पार्किङ गर्नुपर्ने भएको छ ।

उपमहानगरपालिकाले मात्र “नो पार्किङ” अभियानलाई पुर्णता दिन नसकेपछि उसले जिल्ला प्रहरी तथा जिल्ला प्रशासनलाई “नो पार्किङ” अभियानको नेतृत्व गर्नको लागि आग्रह गरेको थियो ।

उता ब्यवसायीहरुले भने राजमार्ग क्षेत्रमा नो पार्किङ भन्नेहरुले यहा सञ्चालनमा रहेका ब्यवसायहरुबाट कर असुल्न पनि नपाउने दाबी गरेका छन् ।