कर नीतिको बिषयमा अन्तरकृया
गुगलपाटी संवाददाता हेटौंडा,२६ साउनमोबाइल एशोसियसन अफ नेपाल (म्यान) मकवानपुर र आन्तरिक राजश्व कार्यालयको समन्वयमा आर्थिक वर्ष ०७५÷०७६ मा ल्याएको नयाँ कर नीतिको बारेमा अन्तरक्रिया कार्यक्रम भएको छ। शनिबार भएको कार्यक्रममा म्यानका अध्यक्ष एसिस रिजालको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमले व्यवसायहरुलाई ल्याएको नयाँ कर नीतिको बारेमा प्रष्ट पारेको अध्यक्ष रिजालले जानकारी दिए ।
कार्यक्रममा करिव ८० जना मोबाइल व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका कर अधिकृत दिलक आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य म्यानका संस्थापक अध्यक्ष छतेन्द्र आचार्यले व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन म्यानका महासचिव माधवप्रसाद पौडेलले गरेका थिए । कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका प्रमुख दिलक आचार्य र कर अधिकृत रघुनाथ पराजुलीले सहजीकरण गरेका थिए । कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका लेखापाल गुणराज ढकाल, म्यानका निवर्तमान अध्यक्ष अकुरप्रसाद गौतम, म्यानका पश्चिमी क्षेत्रका अध्यक्ष चन्द्रमणी पाठकलगायतको आतिथ्यता रहेको थियो ।