स्थानीय पत्रपत्रिकाः एक महिनापछि प्रदेशसभा, जग्गा खरिदमा अनुदान लिन अनिच्छा

गुगलपाटी संवाददाता हेटौंडा
२९ श्रावण २०७५ ०१:२६

हेटौंडाबाट प्रकाशित हुने आजको पत्रपत्रिकाले करिब एक महिनापछि सोमबारबाट सुरु भएको ३ नम्बर प्रदेशको प्रदेशसभा बैठकको विषयलाई प्राथमिकताका साथ छापेका छन् । नेपाली काग्रेसको विभिन्न माग र वर्षातको कारण करिब २५ दिन रोकिएको ३ नम्बर प्रदेशको प्रदेशसभा बैठक सोमबारबाट सुरु भएको छ ।

सभामा सोमबार नै चार वटा विधेयक पेश भएको । विधेयकमाथि दफाबार छलफल पनि सुरु भएको छ । मुख्यम न्यायधिवक्ताको काम कर्तव्य र अधिकार तथा सेवा सुविधको विषयमा व्यवस्था गर्न बनेको बिधेयक, प्रदेश गुग्ध विकास बोर्डको स्थापना गर्न बनेको विधेयक, प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेशसभामा प्रवेश पाएको कुरा आजको सबै स्थानीय पत्रिकाले छापेका छन् ।

आजको साझाकुरा दैनिकले जग्गा खरिदमा अनुदान लिन भूकम्पपीडितले इच्छा नदेखाएको समाचार पहिलो पृष्ठमा प्रकाशित गरेको छ । जग्गा नहुने भूकम्पपीडित लाभग्राहीलाई जग्गा खरिदको लागि २ लाख रुपियाँ दिने सरकारले निर्णय गरे पनि त्यसको लागि निवेदन दिनेको संख्या मकवानपुरमा निकै कम देखिएको छ । करिब ४ हजारभन्दा बढी लालपूर्जाबिहीन भूकम्पपीडित भएको अनुमान गरिएकोमा ९७ जनाले मात्र जग्गा खरिदको लागि अनुदान माग गरेका छन् ।

त्यस्तै आजको समृद्ध समाज दैनिकले हेटौंडामा पार्किङ विवाद कायमै रहेको प्रशंगलाई अघिल्लो पृष्ठमै छापेको छ । सोमबार पार्किङ निशेष गरिएको क्षेत्रबाट प्रहरीले ६ वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको खबर छापिएको छ ।आजको हेटौंडा सन्देश दैनिकले भवन अभावमा डायलासिस मेसिन राख्न समस्या भएको समाचार पछिल्लो पृष्ठमा छापेको छ । हेटौंडा अस्पताल परिसरमा रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयको भवन खाली नहुँदा डायलासिस मेसिन राख्न समस्या भएको सन्देशले खबर छापेको छ ।

हेर्नुहोस् आजको स्थानीय पत्रपत्रिकाको पहिलो पृष्ठ