गाँजा विस्थापनमा ग्राभिटी रोपवे

गुगलपाटी संवाददाता
२९ श्रावण २०७५ ०२:५१

मकवानपुरको ग्रामीण क्षेत्रमा ग्राभिटी रोपवे सञ्चलनमा आएसँगै गाँजा खेती करिब करिब विस्थापन भएको छ ।

अर्को विकल्प नभएका किसान जिविकोपार्जनको लागि गाँजा खेती गर्थे । जब आफ्नो उत्पादनले बजार पाउन थालेपछि स्थानीयले गाँजा खेती चटक्कै छाडे । अहिले उनीहरुको पाखा तरकारीले ढाकेको छ । उनीहरु भन्छन् –‘इज्जतले खेती गर्न पाइन्छ भने बदनामी काम किन गर्ने ?’
मकवानपुरको दूर्गम गाउँमा गुरुत्व बलबाट चल्ने ग्राभिटी रोप वेलाई सामान ओसार्न भ्याइ नभ्याई भएको छ ।

स्थानीय कैलाश गाउँपालिका–९ साविकको नामटार गाविसमा विगत ४ वर्षदेखि रोपवेले सेवा दिइरहेको छ । नामटारको कचेरी र घैराङ डाँडाबीचमा रोपवे निर्माण गरिएको छ । सस्पेन्सन ब्रिज डिभिजन काठमाडौं र स्थानीयको लगानीमा एक हजार दुई १४ मिटर लामो रोपवे सञ्चालनमा छ ।

घैराङ डाँडामा उत्पादन भएको तरकारीलगायत खाद्यान्न हेटौंडा, बीरगञ्ज, काठमाडौंलगायतको शहरमा पु¥याउन रापवेले ठूलो सहयोग गरेको छ । हिँडेर करिब दुई घण्टा लाग्ने बाटो रोपवेबाट सामान ढुवानी गर्दा करिब दुई मिनेटमै पुग्छ ।

आजको कान्तिपुर दैनिकमा हेटौंडाबाट प्रताप विष्टले समाचार लेखेका छन् ।