बन्दले जनजीवन प्रभावित

गुगलपाटी संवाददाता हेटौंडा,२९ साउन
२९ श्रावण २०७५ ०४:३४

आफ्ना पार्टीका प्रवक्ता खड्कप्रसाद बिश्वकर्मा(प्रकाण्ड) पक्राउ परेको बिरोधमा नेकपा माओवादी बिप्लव समूहले आहवान गरेको नेपाल बन्दका कारण जनजीवन प्रभावित भएको छ ।
मकवानपुर जिल्लामा समेत बन्दको प्रभाव परेको छ । जिल्लामा बिहानै तीनवटा घटना भएको खबर प्राप्त भएको छ । हुमानेमा सुमोमाथि बम प्रहार भएको,टिष्टुंगमा गाडी जलाइएको र नवलपुरमा पनि गाडीमाथि बम प्रहार भएको खबर आएका छन् ।
बन्दकाम कारण पूर्वपश्चिम राजमार्गहरुमा पनि सवारी साधन न्यून मात्रामा चलेका छन् भने बन्दको प्रभाव शैक्षिक क्षेत्रमा पनि परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले भने कुनै समस्या नभएको बताएको छ । सवारी साधन संचालनको ब्यवस्था मिलाइएको प्रहरी उपरीक्षक बुद्धिराज गुरुंगले बताए ।