स्थानीय पत्रपत्रिकाः सरकारको भूमिकाप्रति सांसद रुष्ट, हेउमनपाको पारिश्रमिक र सेवा सुविधामा ९ करोड
गुगलपाटी संवाददाता हेटौंडा,आजका स्थानीय पत्रपत्रिकाले ३ नम्बर प्रदेशसभा मंगलबार भएको गतिविधिको समाचारलाई प्रमुखताका साथ छापेका छन् ।
ाजको हेटौंडा सन्देश दैनिकमा सत्तापक्षबाटै सरकारको आलोचना भएको खबर छापेको छ । सरकारको भूमिकाप्रति प्रदेशसभा सदस्यहरु असन्तुष्ट देखिएका छन् । मंगलबारको प्रदेशसभा बैठकमा सत्तापक्ष र विपक्षी दुबै तर्फका सांसदले जनतालाई छुनेगरी काम गर्न नसकेको भन्दै असन्तुष्टि ब्यक्त गरेका हुन् । वर्षातको समयमा बाढी पहिरोबाट बिग्रएको बाटो र मृतकका आफन्तलाई राहत र घाइतेको उपचारमा सरकारले कुनै काम नगरेको उनीहरुको गुनासो छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद सरेश नेपालले भूकम्प, बाढी र पहिरोको कारण जनता पीडामा हुँदा पनि सरकारले टुलुटुलु हेरेस बसेको आरोप लगाए ।
त्यसैगरी मंगलबारको प्रदेशसभमा बलात्कारीलाई फाँसीको सजाय माग गरिएको प्रसंग आजको समृद्ध समाज दैनिकले छापेको छ । आजको साझाकुरा दैनिकले पनि बाढी पहिरो पीडितको उद्दार र राहतमा सांसदहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराएको खबर छापेको छ । आफ्ना विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका दुग्ध किसानहरुले मंगलबार आफ्नो फार्ममा कालो झण्डा राखेको खबर पनि साझाकुरामा छ । जनप्रतिनिधि र कर्मचारीको सेवा सुविधामा हेटौंडा उपमहानगरपालिकाको एक वर्षमा ९ करोड खर्च भएको समाचार आजको समृद्ध समाजे छापेको छ ।
गत आवमा पदाधिकारी र कर्मचारीको सेवा सुविधामा ९ करोड ३५ लाख ३५ हजार ७ सय रुपियाँ खर्च भएको जनाइएको छ । पदाधिकारीको पारिश्रमिक तथा इन्धनमा एक करोड ४५ लाख खर्च भएको छ । पदाधिकारीको इन्धन सुविधामा मात्र ७ लाख ८४ हजार रुपियाँ खर्च भएको समृद्धले समाचारमा उल्लेख गरेको छ ।
हेर्नुहोस् आजका स्थानीय पत्रिकाको पहिलो पृष्ठ