आरोपी छुटाउन दवाब दिने प्रबृत्ति मकवानपुरमा पाईन : सिडिओ

गुगलपाटी संवाददाता हेटौंडा,३० साउन
३० श्रावण २०७५ ०५:५२

सामुदायीक सेवा केन्द्र मकवानपुर तथा सामुदायीक प्रहरी सेवा केन्द्र पशुपतिनगरले मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई स्वातग गरेको छ ।
सिन्धुपाल्चोकबाट सरुवा भइ दुई साता अघि मकवानपुर आएका तामाङलाई हेटौंडा ९ स्थित केन्द्रको कार्यालयमा एक कार्यक्रमकाबीच बुधबार बिहान स्वागत गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तामाङले मकवानपुरमा कानूनलाई परिपालना गर्ने कुरामा राजनीतिक दल र अन्य सरोकारवालाहरु सचेत रहेको पाइएको बताए । ‘मैले छोटो अवधिमा राजनीतिक दवाबाट मुक्त भएर काम गरेको छु,यस्तै वातावरण कायम रहोस् भन्ने चाहान्छु’, उनले भने, ‘अन्य जिल्लामा जस्तो कुनै घटनाका आरोपी समाउने बित्तिकै छाड्को लागि दवाब दिने लगत प्रबृत्ति मकवानपुरमा पाईन ।’

साथै अपराध न्युनिरकणको लागि सामुदायसँग मिलेर काम गर्न आफु तयार रहेको उनले बताए । कार्यक्रममा नौ नम्बर वडा अध्यक्ष लक्ष्मण भण्डारी,केन्द्रका कानूनी सल्लाहकार मदन दाहाल, निर्वातमान अध्यक्ष कुमार पौडेल, उपकेन्द्रहरुको तर्फबाट नारायण राजथला लगायतको शुभकानमना ब्यक्त गरेका थिए । हेटौंडा १४ नम्बर वडा अध्यक्ष दिपक खड्का, १५ नम्बर वडा अध्यक्ष ललित घलान, १३ नम्बर वडा अध्यक्ष मनोज वाईबा, १ नम्बर वडा अध्यक्ष सबिन न्यौपाने लगायतको आतिथ्यता रहेको कार्यक्रममा सामुदायीक सेवा केन्द्रका सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रम केन्द्रका अध्यक्ष राम विष्टको सभाध्यक्षतामा भएको थियो ।