सिस्नेरी स्वास्थ्य चौकी मकवानपुरमा जननी एक्स्प्रेस सेवा सुरुवात
गुगलपाटी संवाददाता मकवानपुर,१ भदौ
ईच्छाईएको गर्भ सुरक्षित जन्म,पूर्ण संस्थागत सुत्केरी अभियान अन्तर्गत सिस्नेरी स्वास्थ्य चौकी मकवानपुरले स्वास्थ्य संस्थामा सुत्केरी हुने अवस्थालाई प्रवर्द्धन गरि गर्भवती महिला र शिशुको जीवन रक्षाका लागि स्वास्थ्य संस्था सम्म आउन र सेवा पश्चात घरसम्म फिर्ता हुनका लागि निःशुल्क एम्बुलेन्स सेवाजननी एक्स्प्रेस कार्यक्रमको सुरुवात गरिएको छ ।
यस कार्यक्रम मार्फत हाल ईन्द्रसरोवर गाउंपालिका अन्तर्गतका सिस्नेरी,कुलेखानी,फाखेल,मार्खु लगायत ललितपुर जिल्लाको घुसेल्,थाङ्सिङ्टार,भिमफेदी गाउंपालिका अन्तर्गत पर्ने ईपा,कोगटे जस्ता दुर्गम क्षेत्रका गर्भवती तथा प्रसुती सेवा लिने महिलाहरु यस कार्यक्रम बाट लाभान्वित हुनेछन । यस कार्यक्रम संचालनको लागि हाल सिस्नेरी स्वास्थ्य चौकीले आन्तरिक स्रोतबाट व्यवस्थापन हुने गरि सेवा सुरु गरेको तथा प्रभावकारी कार्यान्वयनको लागि ईन्द्रसरोवर गाउंपालिका कार्यालयलाई सहयोगको लागि प्रस्ताव गरिएको कुरा स्वास्थकर्मी सागर लामाले जानकारी दिए । दुर्गम बस्तीका विपन्न,स्वास्थ्य सेवाको पहुंचबाट टाढा रहेका समुदायका गर्भवती महिलाहरु प्रसव अवस्थामा हुन सक्ने जटिलता र यसको कारण आमा तथा शिशुले जीवन गुमाउन नपरोस भन्ने अभिप्रायले कार्यक्रमको सुरुवात गरिएको हो ।