मुलुकी संहिता पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन बारको आग्रह
गुगलपाटी संवाददाता काठमाडौँ, १ भदौ नेपाल बार एसोसिएशनले आजदेखि प्रारम्भ आएको संहिताले गरेका व्यवस्थाहरुलाई पूर्ण रुपमा कार्यान्वयन गर्न सम्पूर्ण बारका एकाइहरुलाई अनुरोध गरेको छ ।
बारका महासचिव खम्मबहादुर खातीले आज जारी गरेको प्रेस विज्ञप्तिमा संहिताको पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनका लागि बारका ८९ वटै एकाइहरुलाई अनुरोध गरिएको छ ।
बारले संहिता कार्यान्वयनमा ल्याउन आवश्यक पर्ने कानून, नियमावली र निर्देशिकाहरुको जतिसक्दो छिटो आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउन सम्बन्धित सबै निकायमा आग्रह गरेको छ ।
विस १९१० सालमा निर्माण भएको मुलुकी ऐन १६५ वर्षसम्म विभिन्न समयमा संशोधन भएर काम गरेको थियो । त्यो ऐन खारेज भएर आजबाट संहिताको रुपमा आएको छ । मुलुकी देवानी, मुलुकी अपराध संहितासहित पाँचवटा संहिताहरु आजदेखि लागू भएको हो । (रासस)