आजको स्थानीय पत्रपत्रिका : प्रदेशसभा सदस्यलाई स्वकीय सचिव, तीन करोड व्ययभार थपियो, छोटो दुरीको सडकमा मुख्यमन्त्रीको चासो
गुगलपाटी संवाददाता हेटौंडाहेटौंडाबाट प्रकाशित आजको दैनिक पत्रपत्रिकाहरुले हिजोबाट लागू भएको मुलुकी देवानी तथा फौजदारी संहिता कार्यान्वयनमा प्रदेश सरकारले गरेको जोड, प्रदेश सभामा शुक्रबार भएको गतिविधिको समाचारलाई प्राथमिकता दिएर छापेका छन् । आजको साझाकुरा दैनिकले प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्यलाई नायब सुब्बा सरहको स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको समाचारलाई पहिलो पृष्ठमा छापेको छ । मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सेवासुविधा सम्बन्धी विधेयकमा उक्त कुरा उल्लेख गरिएको हो । योसँगै प्रदेश सरकारलाई वार्षिक तीन करोड व्ययभार थपिएको छ ।
त्यसैगरी आजको हेटौंडा सन्देश दैनिकमा करका सम्बन्धमा भ्रम नर्छन मुख्यमन्त्री डोरमणि पौडेलले आग्रह गरेको सम्बन्धी समाचार प्रथम पृष्ठमा छापेको छ । २० वर्षपछि बढेको न्युनतम करलाई बढाई चढाई गरी जनतालाई भ्रममा नपार्न सबैलाई मुख्यमन्त्रीले आग्रह गरेका छन् । प्रदेश सरकारले गरेका राम्रा कामहरुलाई पनि फिँजाउन मुख्यमन्त्रीले आग्रह गरे ।
त्यसैगरी आजको प्रदेश दैनिकमा हेटौंडा–काठमाडौं छोटो दुरीको सडक मर्मत तथा सुधारमा मुख्यमन्त्रीको चासोसम्बन्धी समाचार पहिलो पृष्ठमा छापेको छ । सडक स्तरोन्नतीमा भइरहेका प्रगति, समस्यालगायतको बारेमा हिजो मुख्यमन्त्री पौडेलले सरोकारवालालाई बोलाएर छलफल गरेका थिए ।
हेर्नहोस्, हेटौंडाबाट प्रकाशित आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ