आजको स्थानीय पत्रपत्रिकाः चेपाङलाई राज्यको हेलाँ, फुटपाथभरी मोटरसाइकल पार्किङ
गुगलपाटी संवाददाता हेटौंडाहेटौंडाबाट प्रकाशित हुने आजका दैनिक पत्रपत्रिकाले फरक फरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् । आजको साझाकुरा दैनिकले सरकारले यसअघि वर्षेनि दिँदै आएको चेपाङका विभिन्न कार्यक्रम कटौती गरेपछि चेपाङ समुदायको आपति रहेको समाचार पहिलो पृष्ठमा छापेको छ । चेपाङ समुदायलाई २०३४ सालदेखि सरकारले हरेकवर्ष प्रदान गर्दै आएको चेपाङ विकास कार्यक्रमको बजेट यसवर्ष कटौती गरेपछि चेपाङ संघका अध्यक्ष खेम चेपाङले आपत्ति जनाएका छन् । विपन्न सिमान्तकृत आदिवासीको लागि आउने जनता आवास कार्यक्रम पनि कटौती गरेपछि घरबारबिहीन चेपाङ समुदायले पाउँदै आएको आवास निर्माणको सुविधा पनि अब नपाउने भएका छन् ।
त्यस्तै आजको हेटौंडा सन्देश दैनिकले फुटपाथमा मोटरसाइकल पार्किङ गर्न थालिएपछि समस्या भएको समाचार पहिलो पृष्ठमा छापेको छ । बजारको मुख्य क्षेत्र र स्कुलरोड, कान्तिराजपथमा पार्किङ निषेध गरिएपछि व्यवसायी तथा सर्वसाधारणले फुटपाथमा मोटरसाइकल पार्किङ गर्न थालेका हुन् । फुटपाथमा पार्किङ हुन थालेपछि बटुवालाई आवतजावतमा समस्या भएको छ ।
त्यस्तै आजको समृद्ध समाज दैनिकले हेटौंडा उपमहानगरपालिकाको न्यायिक समितिले जनप्रतिनिधिलाई भर्खरै लागू भएको मुलुकी देवानी संहिता र फौजदारी संहिताको बारेमा अनुशिक्षण दिएको समाचारलाई मुख्य समाचार बनाएर छापेको छ । नयाँ ऐनको बारेमा सबैले जानकारी लिएर कार्यान्वयन गराउन मेयर हरिबहादुर महतले आग्रह गरे ।
त्यसैगरी भैरवडाँडामा ९ हजार विरुवा रोपिएको समाचारलाई प्रदेश दैनिकले मुख्य समाचार बनाएको छ । भुक्षय रोक्नको लागि लायन्स क्लव ३२५ बिटुका लायन्स तथा लियो क्लवले हेटौंडा–१ भैरवडाँडामा विभिन्न प्रजातीका विरुवा रोपेको हो ।
हेर्नहोस्, हेटौंडाबाट प्रकाशित आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ