फिजीमा ८.२ म्याग्निच्युटको भूकम्प
गुगलपाटी संवाददाता फिजी३ भाद्र २०७५ ०४:०६
फिजीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ८ दशमलव २ म्याग्निच्युट रेकर्ड भएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।
आइतबार बिहान फिजीको पूर्वी लेभुका भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको क्षतिको विवरण आइसकेको छैन ।शक्तिशाली भूकम्प गए पनि सुनामीको खतरा भने छैन किनकी जमिनको सतहभन्दा ५५९ किलोमिटर गहिराइमा भूकम्प गएको छ ।