नगरवासीलाई हेटौंडा उपमहानगरपालिकाको खुसीको खबर,यस्तो छ खबर

गुगलपाटी संवाददाता हेटौंडा,३ भदौ
३ भाद्र २०७५ १२:३४

देशभरीमानै पहिलोपटक हेटौंडा उपमहानगरपालिकाले यसक्षेत्रका वासिन्दालाई घर निर्माण गर्नुपरेमा निशुल्क रुपमा नक्सा बनाईदिने भएको छ । आज उपमहानगरपालिकाको कार्यपालिका बैठकले नरका वासिन्दाहरुले घर निर्माण गर्नुपरेमा निशुल्क रुपमा नक्सा समेत बनाउन लागिएको हो । धेरैजसो स्थानिय तहहरुले कर बृद्धी गरेको जनगुनासो आईरहेको समयमा यस क्षेत्रका वासिन्दाहरुलाई घर निर्माण गर्नुपरेमा नक्सा समेत बनाईदिने निणय गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।
बिशेषगरी उपमहानगरपालिकामा थपिएका पहिलेका गाबिसका वडालाई लक्षित गरेर निशुल्क रुपमा नक्सा बनाउने निणय गरिएको हो । एक हजार स्क्वायरफिट सम्मका घर निर्माण गर्नुपरेमा निशुल्क रुपमा नक्सा समेत बनाउन लागिएको मेयर महतले बताउनुभयो । आम नागरिकलाई सामान्य चार कोठाको घर निर्माण गर्नुपर्दा बाहिर बजारमा १५ हजार रुपैयाँ सम्म तिरेर नक्सा बनाउनुपर्ने बाध्यता भोग्दै आएका छन् । तर अब आजैको निणय देखि साना खालका घरहरु निर्माण गर्दा नक्सा बनाउनुपर्ने बाध्यताबाट नगरबासीहरुले छुट्कारा पाएका छन् । आम नागरिकलाई नक्सा बनाईदिनका लागि उपमहानगरपालिका भित्र सेवाकेन्द्र स्थापना गरेर नागरिकका घरमा नक्सा बनाएर दिने तयारी थालिएको हो । यसभन्दा अघि हेटौंडाका वासिन्दाहरुले कन्सल्टेन्सी मार्फत नक्सा बनाउदै आएपनि बिभीन्न खालका प्रकृया नपुग्दा उपमहानगरपालिकाले नक्सा पास गर्नका लागि पनि समस्या परेको थियो । अब उपमहानगरपालिकामानै नक्सा बन्ने भएकाले घरको नक्सा यो मिलेन उ मिलेन भनेर नक्सा पासनै नहुने समस्या पनि हटेको मेयर महतको भनाई छ । नक्सा बनाउनका लागि उपमहानगरपालिकाले ईन्जिनियरको नेतृत्वमा प्राबिधिक कर्मचारी पनि खटाउने तयारी थालेको छ ।
हेटौंडाको एक नंम्बर देखि १९ नंम्बर वडा सम्मका वासिन्दाहरुलाई अब एक हजार स्क्वाएरुफिट सम्मका घर निर्माण गर्नुपरेमा सजिलो भएको हो । यो आजको निणयबाट बिशेषगरी पहिलेका गाबिसमा थपिएका वडाका वासिन्दाहरुका लागि सजिलो भएको हेटौंडा १ का वडाअध्यक्ष सबिन न्यौपानेले बताउनुभयो । नक्सा बनाउन रकम लाग्ने नक्सा पास गर्नुको झन्झटका कारण साबिकका गाबिस र अहिलेका हेटौंडाका वडाहरुमा निकै सजिलो भएको वडाअध्यक्षहरु बताउँछन् । यो निणयसंगै अब नक्सा बनाएर ब्यबस्थित घर निर्माण गर्नुपर्छ भन्नेमा पनि आम नागरिकलाई सहज भएको छ । यो निणयले सानाखालका जसले एक हजार स्क्वायरफिट भन्दा साना घर निर्माण गर्नेलाई सजिलो भएको छ । अब एक हजार स्क्वायरफिट भन्दा ठुलो घर निर्माण गर्नेहरुले मात्र नक्सा आफै बाहिर बनाएर ल्याउनुपर्ने भएको हो । सानाखालका घरनिमार्ण गर्ने सबैसाधरणलाई मध्यनजर गरेर यो निणय गरिएको हो ।