फिकुरी बहुमुखी क्याम्पस अध्यक्ष बिरुद्ध अख्तियारमा उजुरी

गुगलपाटी संवाददाता काठमाण्डौं
३ भाद्र २०७५ १४:२७

नुवाकोट जिल्लाको किस्पाङ् गाउँपालिका–२, फिकुरी मा रहेको एक मात्र क्याम्पस फिकुरी बहुमुखी क्याम्पसमा व्यापक आर्थिक अनियमितता भएको भन्दैं अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
क्याम्पस संचालन समितिको अध्यक्ष कृष्णप्रसाद भट्टले झुटो विवरण पेश गरि अध्यक्ष बनेको र क्याम्पस प्रमुख नियुक्तिमा स्वेच्छाचारी पाराले प्रचलित नियम कानुनलाई मिचेको भन्दै अख्तियारमा उजुरी परेको हो । किस्पाङ गाउँपालिकाले आ.ब. २०७४/७५ को लागि फिकुरी बहुमुखी क्याम्पसको पूर्वाधार निर्माण गर्न ४० लाख रुपैंया बिनियोजन गरेको थियो । क्याम्पस अध्यक्ष भट्टले उक्त रकम पूर्वाधार निर्माणमा लगानी नगरी दुरुपयोग गरेको स्थानीय बासिन्दाको आरोप छ । क्याम्पसको पूर्वाधार निर्माणको काम नभएको र गाउँ पालिकाको प्राविधिकबाट समेत मुल्यांकन नगरि पास गरिएको उनिहरुको आरोप छ । उजुरीको सन्र्दभमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो प्रारम्भिक अनुसन्धानको कार्य जिल्ला शिक्षा समन्वय समिति नुवाकोटमार्फत अघि बढाएको छ । ऐसेलु भूमे माविमा सरकारी कर्मचारीको रुपमा कार्यरत रहेका क्याम्पसका अध्यक्ष भट्टले आफु सरकारी पदमा रहदा रहदैं पनि झुठो विवरण पेश गरि अध्यक्षमा नियुक्ति लिएका थिए ।
अन्यत्र कुनै लाभको पदमा बसेको छैन भनि त्रिभुवन बिश्वबिधालयमा आफ्नो व्यक्तिगत फाइल पेश गरेका अध्यक्ष भट्ट दोहोरो जिम्मेवारीमा रहिरहेका छन् । त्रि.वि.को नियम अनुसार कुनै लाभको पदमा रहेको व्यक्ति क्याम्पस संचालक समितिको अध्यक्ष पदमा बहाल रहन नमिल्ने उल्लेख छ । यसैंगरी क्याम्पस प्रमुखमा नियुक्ति पाएका सुरेन्द्रराज भट्टको नियुक्ति प्रक्रिया पनि गैंह्र कानुनी रहेको स्थानियको आरोप छ । भट्ट कालिका गाँउ पालिका–३ मा रहेको सुन्दर देबी माबि धारापानी रसुवामा निमावी अंग्रेजी शिक्षकका रुपमा स्थायी नियुक्ति लिएर कार्यरत रहेका छन् । भट्टले क्याम्पस प्रमुख भएपछि दिनुपर्ने समय दिन सकेका छैंनन् । क्याम्पस अध्यक्ष कृष्णप्रसाद भट्ट र क्याम्पस प्रमुख भट्ट दुबैंजना दोहोरो जिम्मेवारी रहेको र उनिहरुले पूर्वाधार निर्माणमा समेत आर्थिक अनियमितता गरेको भन्दैं क्याम्पस अध्यक्ष र प्रमुखबाट हटाउनको लागि अख्तियारमा उजुरी परको हो ।