अफगानी राष्ट्रपतिद्वारा युद्धविरामको घोषणा

गुगलपाटी संवाददाता काबुल, अफगानिस्तान, ३ भदौ
३ भाद्र २०७५ १५:२२

अफगानिस्तानका राष्ट्रपतिले युद्धविरामको घोषणा गर्नुभएको छ । युद्धविरामको एकतर्फी रूपमा घोषणा गरेका राष्ट्रपति हमिद कार्जाईले विद्रोही शान्तिका लागि तयार भएमा कुनै पनि समय सम्झौता हुनसक्ने बताउनुभएको छ ।

मैले भोली (सोमबार) देखि नै लागु हुने गरी प्रोफेट मोहम्मदको जन्मदिनको अवसरमा एक पटक फेरि युद्धविरामको घोषणा गरेको छु । अफगानी जनताले इश्लाम धर्मगुरु प्रोफेट मोहम्मदको जन्मदिन नोभेम्बर २१मा मनाउने गर्छन् । युद्धविराम परस्परको विश्वासका आधारमा लम्बाउन सकिने घानीले बताउनुभएको छ । (रासस/एएफपी)