भोक लाग्यो ? काँग्रेसको क्यान्टिन छ नि !

गुगलपाटी संवाददाता
४ भाद्र २०७५ ०१:२६

ठुलो दल नेकपा यतिबेला सरकारमा छ । प्रतिपक्षमा छ, कांग्रेस । ठुलो पार्टीका हैसियतले

हदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा भीडभाड हुनुपर्ने हो ।

नेत, कार्याकर्ता र शुभेचछुकले ढाकिनुपर्ने हो । तर, दृश्य फरक छ । नेकपाकै धेरै नेता दिउँसो प्रायः

कांग्रेस संसदीय दलको क्यान्टिनमा भेटिन्छन् । उनीहरु खाजा खान होस् वा भेटघाट गर्न, कांग्रेस क्यान्टिन् पुग्छन् । साउन ३० गते बुधबार दिउँसो १ बजे ।

उक्त क्यान्टिन पुग्दा नेकपाका नेता यमलाल कंडेल खाजा खाँदै पत्रकारसँग गफिरहेका थिए । केहि

समय बसेर उनीहरु आफ्नो कार्यालयतिर लागे । कँडेल मात्र हैन नेकपाका धेरै नेता शुभेच्छुक

दिउँसोतिर त्यही क्यान्टिनमा भेटिन्छन् । काँग्रेस र नेकपाको संसदीय दलको कार्यालयमा एक मिनेट

पनि दुरी छैन । वल्लोपल्लो भवन हो । छिमेकी भएर बसेका छन् । नेताहरु प्राय एउटै क्यान्टिनमा भेटिन्छन् र खाजा खाँदै गफिइन्छन् ।

आजको अन्नपुर्ण पोष्टको पहिलो पृष्ठमाा यो खबर छ ।