स्थानीयको यात्रामा खोला बन्यो बाधक
जयराम मोक्तान मनहरी,४ भदौ
सोमबार परेको भरी वर्षाका कारण मनहरि गाउँपालिका वडा नम्बर ६ मा रहेको डिपाट खोल्सीमा ठुलो बाढी आए संगै प्रतापपुर , डिपाट स्थानियहरुले खोला तर्न नसक्दा स्थानीय मारमा परेका छन् ।
एक्कासी परेको भारी वर्षका कारण खोला बढे संगै मनहरि तथा सुनाचुरिमा अध्ययन गर्ने बिद्यर्थीहरु समेत प्रभाबति भएको छ । त्यसै गरि डिपाड जंगलमा घाँस तथ दाउरा काटनका गएका स्थानियहरु पनी खोल्सी पारीनै रोकेर बसेका छन । वर्षातको समयमा खोल्सीमा ठुलो बाढी आए सगै त्यहाका स्थानीयहरु आफुलाई आवश्यक पर्ने दैनिक उपभोग्य सामाग्रीहरु खरिदका लागी मनहरि बजार जान पनि समस्य हुने गरेको छ ।
स्थानिय सरकार गठन संगै त्यहाका स्थानिहरुले खोला बढेका बखत पनि सहजै वारपार गर्न पुलको अपेक्ष गरे पनि त्यो अपेक्षा अपेक्षमै सिमीत रहेका छन ।