अक्षरको शक्ति फलामे पुल
गुगलपाटी संवाददाताखोला तर्न जहाँतहिँ पुल बन्ने गर्छन् तर, सबै पुलको उत्तिकै चर्चा हुँदैन । तर, दुर्गम गाउँमा महिलाको अगुवाईमा बनेको पुल भने चर्चामा मात्र सीमित छैन ।
उनकै नाममा पुल नामाकरण गरिएको छ । मकवानपुरको थाहा नगरपालिका ५ तसरकी चमेली वाइबाको अगुवाईमा १६ वर्षअघि तसर खोलामा फलामको पुल बनाइएको थियो । उनले १४ मिटर सिमेन्ट र २८ मिटर फलाम प्रयोग गरी तसर खोलामा ४२ मिटर लामो पुल बनाएकी हुन् ।
आफ्नै सम्पति लगाएर पुल बनाउने सपना पहिला वाइबाले देखेकी थिइनन्, पुल नभएका कारण गाउँका बालबालिका स्कुल जान नपाएको पीडा भने उनले देखेकी थिइन् । बालबालिका पढ्न पठाउन फड्के हालिन् तर, त्यो बगाएपछि उनले पुल नै बनाउने सोच बनाइन् ।
गाउँका सबैको साथ अनि संघसंस्थाको सहयोगमा ०५८ सालमा सुरु गरेर ०५९ सालमा उनले पुल बनाइ छाडिन् । अक्षरमा शक्ति र तागत हुन्छ भन्ने विश्वास बोकेकी चमेली गाउँका बालबालिकालाई शिक्षा दिलाई सक्षम र दरिलो बनाउन लागि परिन् ।
उनी आफूले पनि पौढ शिक्षा पढेर अक्षर चिन्न थालेपछि खोलामा पुल बनाउने सोच आएको उनी बताउँछिन् । आफू पढ्न थालेपछि अक्षरको महत्व बुझेर उनले अक्षर चिन्न बाधक पुल बनाउने सोच पलाएको स्थानीय बताउँछन् ।
आजको कान्तिपुर दैनिकमा हेटौंडाबाट प्रताप विष्टले समाचार लेखेका छन् ।