कानुन चाँडो बनाऊ : मुख्यमन्त्री पौडेल

गुगलपाटी संवाददाता हेटौंडा,५ भदौ
५ भाद्र २०७५ ११:४४

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले कानुन बिना कुनैपनि काम गर्न नसकिनो भएकाले आफ्नो मन्त्रालयलाई चाहिने कानुन यथासक्य चाँडो निर्माण गर्नका लागि निर्देशन दिनुभएको छ । यसप्रदेशका मन्त्रालयहरुले गरेका कामको प्रगतिका बिषयमा अनुगनका क्रममा मंगलबार उद्योग, पर्यटन, वन तथा वातावरण भन्त्रालयमा भएको प्रस्तुतीकरण कार्यक्रममा बोल्दै उहाँले आफुले बनाउने कानुनमा पछीपरेकाले यसलाई ध्यान दिन निर्देशन दिनुभयो । यो बर्ष प्रदेश सरकारले उद्योग बर्ष ममनाउन लागिएपनि उद्योग सम्बन्धी कानुनको अभाबमा काम गर्नका लागि समस्या भएको बताउनुभयो ।

जुनसुकै काम गर्नका लागि पनि जग्गाको आबस्यक्ता पर्ने भएको बताउँदै उहाँले भन्नुभयो(साना काम देखि ठुला काम गर्न सम्मलाई जग्गाको आबस्यक्ता पर्छ । तर वन मन्त्रालयले जग्गा नदिदा उद्योग भित्रयाउन, एकीकृत बस्तिबसाल्नका लागि समस्या भएको छ । अहिले हामीहरु बस्ति बिकाशमा लागेकाले यसमा पनि सरकारी जमिनको धेरैनै आबस्यक्ता रहेको छ ।ु अहिले सम्म् मन्त्रालयहरुबाट गरिएको काम सन्तोषजनकब भएकोले अझै दु्रत गतिमा काम गरिनुपर्ने उहाँको भनाई छ । प्रदेशका मातहतका मन्त्रालय र बिभीन्न निकायहरुमा थोरै कर्मचारीबाट धेरै काम गर्नुपर्ने बताउँदे मुख्यमन्त्री पौडेलले भन्नुभयो(संरचनागत रुपमा नयाँ मोडलमा काम गरिनुपर्छ । तर कर्मचारी धेरै राखेर घाम ताप्ने भन्दा पनि थोरै कर्मचारी राखेर महत्वपुर्ण कामहरु गरिनुअहिलेको आबस्यक्ता रहेको छ । कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण भन्त्री अरुण नेपालले अहिले वन अतिक्रमण धेरैनै भएकाले यसको तथ्याङक संकलनको काममा आफुहरु लागिपरेको बताउनुभयो । पहिले बजेट कसरी बनाउने भन्ने चिन्ता थियो भने अहिले बजेट कसरी कार्यनयन गर्ने भन्ने चिन्तामा आफुहरु रहेको उहाँले बताउनुभयो । पर्यटनक्षेत्रको संरचना निर्माण गर्नका लागि समस्या भएको बताउँदै उहाँले भन्नुभयो( पर्यटन क्षेत्रमा केही न केही नयाँ काम गर्नेगरी हामिहरु लागेका हौ । तर काम गर्नकालागि जनसक्ति अभाब छ ।ु कार्यक्रममा तीन नंमबर प्देशका प्रमुख सचिब आनन्दराज ढकालले कुनैपनि संरचना खडा गरेर करारमा कर्मचारी नियुक्ती गरेर प्रदेश सरकारले खर्च धान्न नसक्ने बताउनुभयो । संघिय सरकारको ३२ हजार करारका कर्मचारी पनि अहिले समस्या भईरहेकाले अब करारमा कर्मचारी थपेर समस्या समाधान नहुने बताउनुभयो । उद्योग, पर्यटन, वन तथा वातावरण भन्त्रालयका सचिब शिबकुमार वाग्लेले आफ्नो मन्त्रालय स्थापना भएदेखिको प्रस्तुतीकरण गर्नुभएको थियो ।

स प्रदेशका मन्त्रालयहरुले यस आर्थिक बर्षको बार्षिक योजना तथा बजेट कार्यनयनको तयारी र मन्त्रालयहरुबाट गरेका कामकार्बाहीका बिषयमा जानकारी लिने र निर्देशन दिने काम गर्नुभएको छ । छ वटै मनत्रालयबाट निर्माण गर्नुपर्ने कानुन निर्माणको अबस्था बजेट कार्यनयनको अबस्थाका बिषयमा मन्त्रालयहरुमानै गएर छलफल सुरु गर्नुभएको हो । मनत्रालयका सचिब, बिभीन्न साखाका कर्मचारीहरु सहितले गरिएको कामका बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । अनुगमनका क्रममा गत आर्थिक बर्षमा बजेट कार्यक्रमको समिक्षा, मनत्रालयको तर्फबाट तर्जुमा गर्नुपर्ने कानून निर्माण गर्नुपर्ने अबस्था, कार्ययोजना बनेका कानुन, अब बन्नुपर्ने कानुन, यस आर्थिक बर्षको कार्यक्रम तथा बजेट कार्यनयनको तयारी, मन्त्रालयगत समस्या, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयबाट सहजिकरण गर्नुपर्ने बिषयमा छलफल गरिएको थियो ।