बाध्यताले बिदेशिएका नेपालीलाई सर्बोच्चले दियो खुसीको खबर
गुगलपाटी संवाददाता काठमाडौंसर्वोच्च अदालतले वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरुलाई आफू कार्यरत देशबाटै मतदान गर्ने व्यवस्था गर्न निर्देशनात्मक आदेश दिएको छ ।न्यायाधीश सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको इजलासले निर्देशनात्मक आदेश दिएको हो ।मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न र त्यसका लागि आवश्यक तयारी गर्न निर्देशनात्मक आदेश दिएको अधिवक्ता अनुराग देवकोटाले जानकारी दिए ।यद्यपि आदेशको पूर्ण पाठ आएको छैन ।वैदेशिक रोजगारमा गएकाहरुको मतदानको हक सुनिश्चित गर्न माग गर्दै ‘सामाजिक न्यायका लागि कानुन नीति नियम मञ्च’ले १४ वैशाख २०७३ मै सर्वोच्चमा रिट दायर गरेको थियो ।