कालीमाटीमा तरकारी व्यापारीको दादागिरी
गुगलपाटी संवाददाताअति आवश्इक वस्तु तरकारी बिक्री वितरणमा हड्ताल गरेर कालीमाटी तरकारी बजारका व्यापारीले दादागिरी देखाएका छन् ।
उपभोक्तालाई असर पुग्नेगरी मंगलबार व्यापारी तरकारी किनबेच रोकेर हड्तालमा उत्रिए । सरकारले अनुगमन गर्दा धरपकडको बहाना बनाएर विरोधमा उत्रिएका व्यापारीले तरकारी तथा फलफूल आपूर्ति रोकेका छन् ।
बजार अनुगमनका क्रममा अवरोध र हुलहुज्जत गरेको आरोपमा प्रहरीले कालीमाटी तरकारी तथा फलफूल व्यवसायी संघका महासचिव भरत खतिवडालाई पक्राउ गरेपछि व्यापारी विरोधमा उत्रिएका हुन् । कालीमाटी तरकारी बजारबाट दैनिक साढे ६ सय टन तरकारी बिक्री हुँदै आएकोमा मंगलबार निकै न्युन मात्रामा बिक्री भयो ।
आजको नागरिक दैनिकको पहिलो पृष्ठमा समाचार छापिएको छ ।