आँखाको नानी संकलन
गुगलपाटी संवाददाता हेटौडामकवानपुरका पुराना राजनीतीकर्मी गोविन्द पुडासैनीको आँखाको नानी संकलन गरीएको छ । हेटौडा उपमहानगरपालिका वडा नंं ४, निवासी पुडासनैनीको असामायिक निधन भएपछि उनका छोरा प्रविण पुडासनैनीले उहा“को आ“खाको नानी दान गरेका हुन् ।
हेटौडा सामुदायिक आँखा अस्पतालमा पहिलोपटक हेटौडा ४ खोपेगल्लीका रामकृष्ण श्रेष्ठको नानी संकलन गरिएको थियो । तत्पश्चात हेटौडा २ का सर्गलाल श्रेष्ठ, भीमफेदी गाँउपालिका वडा नं. २ चुनियाका तेजप्रसाद बर्तौला, बारा घरभई हेटौडा वडा नं. ९ बस्ने गोपाल सुनवार र हेटौडा ३ का मंगलकृष्ण मान्नधरको नानी संकलन भई सकेको छ ।