गाई काटेर खाने कानुन बनाउन उपसभामुखको माग,गाई काट्नेहरुलाई छुटाउने प्रयास बिफल

गुगलपाटी संवाददाता मकवानपुर
९ चैत्र २०७४ ०६:३६

मकवानपुरका तामाङ समुदायका केही व्यक्ति गाई काटेर खाएको अभियोगमा थुनामा परेपछि उनीहरुलाई छुटाउन प्रदेश नं. ३ का उपसभामुख राधिका तामाङ गृहमन्त्री रामबहादुर थापा बादललाई दबाब दिने काठमाडौँ पुगेपछि मन्त्री थापाले उनीहरुलाई नेपालको प्रचलित कानून अनुसार छोड्न नसकिने जवाफ दिएका छन् ।स्रोतका अनुसार, हाल नेपालमा प्रचलनमा रहेको कानून अनुसार, गाई काटेर खानुपनि ज्यान मुद्धासरह हुन्छ । कानूनी रुपमा पक्राउ परी अुनसन्धानमा रहेकाहरुलाई छोड्न नसकिने जवाफ गृहमन्त्री थापाले दिएको स्रोतको भनाई छ ।गृहमन्त्रीले आवश्यक पहल गर्ने आश्वासन दिएको समाचारहरु बाहिर आइरहे पनि गृहमन्त्री थापाले कुनै किसिमको आश्वासन दिएका छैनन ।गाई काटेर खाएको अभियोगमा मकवानपुर पदमपोखरीका कान्छीमाया ब्लोन, मंगलबहादुर ब्लोन र रामबहादुर ब्लोनलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ ।