नेकपाको प्रदेश तीनको कमाण्ड कसले सम्हाल्ला ?यस्ता छन् आकांक्षी
गुगलपाटी संवाददाता हेटौंडा,७ भदौएमाले र माओवादीबीच पार्टी एकता भएपछि प्रदेश नम्बर तीनको अध्यक्ष को बन्ला भनेर अहिले बिभिन्न चर्चा परिचर्चा भएको पाइएको छ ।
यद्यपी प्रदेशको अध्यक्ष तत्कालिन एमालेकै नेताले गर्ने र इचार्ज माओवादीबाट गर्ने गरी सहमति भएको पाइएको छ । प्रदेश ३ बाट अध्यक्षमा निवर्तमान कानुनमन्त्री शेरवहादुर तामाङ दाबेदार देखिएका छन् । नेकपा एमालेबाट दुई पटक केन्द्रीय सदस्य भइसकेका तामाङसँगै काशिनाथ अधिकारी, कृष्णगोपाल श्रेष्ठदेखि आनन्द पोखरेल लगायत पनि दावेदारी रहेको छ ।
प्रदेशको नेतृत्व तत्कालिन एमालेले पाउने समझदारी शीर्ष तहमा भए पनि तत्कालिन माओवादीका नेताहरु हितमान शाक्य, नारायण दाहाल, हितबहादुर तामाग पनि अध्यक्षमा इच्छा देखाएको नेताहरु बताउँछन् । प्रदेश ३ को इन्चार्ज भने अष्टलक्ष्मी शाक्य, अग्नि सापकोटा, हरिबोल गजुरेल, रघुजी पन्त लगायतमध्येबाट तोकिने सम्भावना छ ।