कञ्चनपुरमा कर्फ्यू आदेश जारी

गुगलपाटी संवाददाता भीमदत्तनगर, ७ भदौ ।
७ भाद्र २०७५ ११:४२

 जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कफर््यू आदेश जारी गरेको छ ।

जिल्लामा केही दिनदेखि जारी आन्दोलन उग्र बनेपछि स्थानीय प्रशासनले अहिले साँझ ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि कर्फयू आदेश जारी गरेको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा १६ ‘क’ बमोजिम कर्फयू जारी गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो ।

भीमदत्त नगरपालिकाको वडा नं १८ र वडा नं ४ बजार क्षेत्रमा कफर््यू जारी गरिएको हो । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै जारी आन्दोलन उग्र बनेपछि कर्फ्यू आदेश जारी गरिएको हो ।