हेटौंडाका भूकम्प पीडितका दुःखका दिन गए

अमृत चिमरिया हेटौंडा,७ भदौ
७ भाद्र २०७५ १२:०६

हेटौंडा उपमहानगरपालिकाभित्रका भुकम्प पिडीतहरुका तीन बर्ष अघिदेखिका समस्या अब समाधान हुने भएको छ । उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले भुकम्प पिडीतहरुका लागि धेरै खालका समस्या भएको भन्दै उनिहरुका समस्याहरु समाधान गर्नेगरी निणय गरिएको हो ।

भुकम्प पिडित लाभग्राहीको हकमा घर नबनेको भए जुनसुकै मापदण्ड नपुगेको भए पनि एक पटकका लागि जुन स्थानमा घर बनेको होे सोही स्थानमा घर बनाउन नक्सापास गरी दिने निणय गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । यसैगरी भुकम्प पिडितको घर बनीसकेको भए सो लाभग्राहीको घरको बनोट र संरचना जे जस्तो अवस्थामा छ सोही नक्सा पेश गर्न लगाई छानविन गरी नक्सापासं गरी दिने पनि निणय गरिएको उहाँले बताउनुभयो । त्यस्ता पिडीतहरुका लागि उचित अनुदान दिनलाई सिफारीस समेत गरी दिने निणय भएको हो । यो निणयपछी हेटौंडा उपमहनागरपालिका क्षेत्रभित्रका धेरै पिडीतहरुले राहत पाउने भएका छन् । उपमहानगरपालिकाको घर निर्माण र नक्सापासको आफ्नै मापदण्ड र सडक सिमानाको आफ्नै मापदण्डका कारण पिडीतहरुले समस्या भोग्दै आउका थिए ।

भुकम्प पिडीतका लागि यो निणयपछी धेरै पिडीतहरुको समस्या समाधान हुने भएको छ । राष्ट्रिय पुननिमार्ण प्राधिकरण सम्बन्धि जिल्ला सहजीकरण समिति मकवानपुरको निर्णयलाई टेकेर यो निणय गरिएको हो । गाउँका भन्दा पनि हेटौंडाका भुकम्प पिडीतहरुले यहाँको आफ्नै मापदण्डका कारण समस्या भोग्दै आएकाले यो निणयपछी सहज भएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताउनुभयो । यो समिति तथा, जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार हेटौडाको साउन ३० को निर्णय अनुसार निर्देशन सुझाव प्राप्त भई यसमा छलफल भएर निणय गरिएको हो