मुख्यमन्त्रीको पत्रकार सम्मेलन : सात महिनामा उलेख्य काम गरेको दाबी
गुगलपाटी संवाददाता हेटौंडा,८ भदौ
प्रदेश तीनका मुख्यमंत्रीमा निर्वाचित भएपछि तीन नम्बर प्रदेशका मुख्यमंत्री डोरमणी पौडेलले शुक्रबार पत्रकार सम्मेलन गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्कोकार्यालयमा पत्रकार सम्मेलन गरि प्रदेश सरकारले गरेको कामहरुबारे जानकारी दिएका हुन् । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार गठन भएको सात महिना भित्रमा भएका कामहरु बारे जानकारी दिएका थिए ।
त्यसैगरि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका कानुन सचिव इन्दिरा दाहालले प्रदेश सरकारले निर्माण गरेका र निर्माणको तयारीमा रहेका नीति नियम, विधेयक तथा ऐन कानुनबारे बताएकी थिइन्, ।
यस्ता छन् सात महिनामा प्रदेश सरकारले गरेका कामहरु
– प्रदेश मन्त्रालयहरुको स्थापना गरी कार्य प्रारम्भ गरिएको तथा हाल सबै निकायलाई व्यवस्थित बनाउदै लगिएको ।
– प्रदेश तहमा निर्माण गर्न पहिचान गरिएका कानून हरुको सूचि तयार गरिएको ।
– प्रदेश तहमा निर्माण गर्नुपर्ने ऐन, कानूनका लागि कानून मस्यौदा समिति गठन गरी कानून तर्जुमा गरिएकोमा हालसम्म १४ वटा कानून प्रदेश सभाबाट पास भएको, प्रदेशसभामा ५ वटा विधेयक दर्ता गरिएको र १२ विधेयकका लागि मन्त्रालयबाट सैद्धान्तिक सहमति तथा मपबाट सैद्धान्तिक स्वीकृति भएका साथै ५ वटा कार्यविधि मन्त्रिपरिषद् स्वीकृत भई कार्यान्वयनमा ल्याइएको ।
– प्रदेश गौरवका आयोजनाको परियोजना बैंक निर्माण गर्न अध्ययन भइरहेको ।
– प्रदेश सभामा गत आवको चालु बजेट स्वीकृत गराएको र यस आर्थिक वर्षको प्रदेश सरकारको नीति, कार्यक्रम र बजेट पेश गरी पारित गराइएको ।
– प्रदेश तहमा लेखा नियन्त्रकको कार्यालय स्थापना गरी कार्य प्रारम्भ भएको साथै प्रदेश तहमा स्थापना गरिने अन्य कार्यालयहरुको स्थापनाको अन्तिम चरणमा पुगेको ।
– प्रदेश नीति तथा योजना आयोग गठन भई प्रदेश वस्तुस्थिति विवरण तयारी, प्रकाशन र सार्वजनिक गरिएको साथै प्रदेशको आवधिक विकास योजना कार्य प्रारम्भ भएको ।
– प्रदेश सरकारको तर्फबाट देवानी तथा फौजदारी ९संहिता० ऐन,२०७४ का सम्बन्धी जानकारी तथा छलफल गरिएको ।
– प्रदेश सरकार अन्तरगत रहने मन्त्रालय र निकायहरुका लागि संगठन संरचना र कर्मचारी दरवन्दी स्वीकृत गरी केन्द्र सरकारमा पठाइएको ।
– सबै मन्त्रालयहरुको वार्षिक कार्यक्रम कार्यान्वयन तयारी र तर्जुमा गर्नुपर्ने कानूनहरुको अवस्थाका बारेमा मुख्यमन्त्रीको नेतृत्वमा सबै मन्त्रालयको काम कारबाहीको बारेमा स्थालगत जानकारी लिन थालनी गरिएको ।
– सबै मन्त्रालयहरुबाट यस आवको नीति तथा कार्यक्रम र बजेट समेतको कार्यान्वयनका लागि कार्ययोजना बनाई कार्यान्वयनको थालनी गरेको ।
– प्रदेश सरकारबाट बजेटमा व्यवस्था गरिएको स्थानीय तहका लागि शसर्त अनुदानको पहिलो किस्ता रकम निकासा गरिएको ।
– प्रदेश सरकारको तर्फबाट पोष्टबहादुर वोगटी भिमफेदी(कुलेखानी सुरुङ मार्ग निर्माण गर्ने सम्बन्धमा भीमफेदी कुलेखानी सुरुङ्गमार्ग अन्तरगत विगत २०७१ सालदेखि निर्माणको सम्झौता गरेको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले तोकिएको कार्यको कुनै पनि कार्य अगाडि नबढाएकोले उक्त सम्झौता खारेज गर्न प्रदेश सरकारबाट निर्णय गरी केन्द्र सरकारलाई अनुरोध गरी पठाइएको ।
– संघीयता कार्यान्यनको लागि आवश्यक कानूनी एवं भौतिक पूर्वाधार र तयारी भैरहेका तथा साझा अधिकारका बिषयको कानून बनाउन संघीय सरकारसंग समन्वय गर्न पहल गरिएको ।
– द्धन्द प्रभावित परिवारलाई सहायता गर्ने सम्बन्धी कार्यविधि निर्माणको अन्तिम चरणमा पुगेको ।
– सरकारको नीति तथा कार्यक्रममा उल्लिखित छरिएर रहेका बस्तिहरुलाई एकीकृत नमूना वस्ति विकासका लागि जग्गाप्राप्ति सम्बन्धी कार्य प्रारम्भ भएको ।