बनकरियाको बस्तीमा मुख्यमन्त्री पौडेल

गुगलपाटी संवाददाता हेटौंडा,९ भदौ
९ भाद्र २०७५ १२:०४

मकवानपुरको मनहरी गाउँपालिका वडानंम्बर ४ मुसिधाप बस्तीमा बस्दै आएका देशकै लोपल्मुख जाती बनकरीयालाई तीन नंम्बर प्रदेश सरकारले ब्यबस्थित घर बनाईदिएर बसाईदिने भएको छ । तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आज मुसीधापमा बस्दै आएका बनकरीया बस्तिको अबलोकनपछी उनिहरुलाई मनहरी गाउँपालिकाकै कुनै ब्यबस्थित स्थानमा लगेर सार्ने आस्वाशन दिनुभयो । बनकरीयाका लागि राम्रो घर, खेल मैदान, बिद्यालय, खानेपानी बिजुली सबैको सुबिधा सहितको घर निर्माण गरिदिने उहाँले आस्वाशन पनि दिनुभयो ।

बनकरीया जातीका लागि छुट्टै बस्तिनै बसाएर यो काम गर्न आफु तयार रहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो । प्रदेश सरकारले गाउँपालिकाले खोजीएको मनहरी ६ जोगिताल सुनाचुरी क्षेत्रको जग्गामा एकीकृत बस्ति निर्माण गरिदिएर राख्ने तयारी थालिएको हो । प्रदेश सरकारले एकिकृत बस्ति निर्माणका लागि यो बर्षको बजेटमा रकम समेत छुट्याएको छ । यता बनकरीयाहरुले पनि राम्रो घर निर्माण गरिदिएमा जंगलको बस्ति छोडेर एकीकृत बस्तिमा बस्ने बताएका छन् । बनकरीयाहरुलाई पनि एकीकृत बस्तिमा राख्नका लागि कसरी सकिन्छ भन्ने बिषयमा अबलोकन गर्नका लागि मुख्यमन्त्री पौडेल बनकरीया बस्तिमा पुग्नुभएको थियो ।यसैबीच गतबर्षको बाढी र पहिरोमा मनहरी गाउँपालिका वडानंम्बर ४ मुसिधापमा बस्दै आएका २ सय ७० परिवार बाढी पिडीत परिवारलाई पनि तीन नंमबर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले स्थलगत रुपमा निरीक्षण गर्नुभएको छ । मनहरी गाउँपालिकाको वडानंमबर ४ अझिंगरे, चिसापानी, चुवारपाखा लगायतका स्थानबाट बिस्थापीत भएर आएका बाढी पिडीतहरुलाई उहाँले भेट्न्ु भएको हो । अबको एक बर्ष भित्रमा यहाँका बाढी पिडीतहरुलाई ब्यबस्थित स्थानको खोजी गरेर एकिकृत बस्तिमा सार्ने आस्वाशन पनि उहाँले दिनुभयो ।
यसरी नै चिनीया कम्पनिले छुट्टै स्थानमा उद्योगहरु खोल्न चाहेकाले मकवानपुरको मनहरी गाउँपालिका वडानंम्बर ६ जोगिताल सुनाचुरीमा आज तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले निरीक्षण गर्नुभएको छ । चिनीया कम्पनिका लागि उद्योग खोल्नका लागि छुट्टै स्थानको आबस्यक्ता पर्ने र दुई दर्जन भन्दा बढी उद्योगहरु खोल्नका लागि ईच्छा देखाएकाले आबस्यक जग्गाको निरीक्षण गरिएको हो । यसक्षेत्रमा ५० भन्दा बढी उद्योग खोल्नका लागि आबस्यक जग्गा रहेको छ ।
हेटौंडा औद्योगिक क्षेत्रमा जग्गाको अभाबका कारण पछील्लो समय मकवानपुरमा उद्योगहरु भित्रन सकेका छैनन् । जोगितालको पुरै फाँटको निरीक्षण गरेपछी पौडेलले यसक्षेत्रमा जग्गा धेरै रहेको त र पुरै खाली रहेकाले उद्योगहरु खोल्नका लागि उपयुक्त स्थान रहेको बताउनुभयो । निरीक्षणका क्रममा प्रदेश सांसद ओम घलान, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती लगायतकाको सहभागिता रहेको थियो ।