यस्तो निर्णय गर्यो कंचनपुरको घटनाका बिषयमा मंत्रीपरिषदले

गुगलपाटी संवाददाता काठमाडौं
९ भाद्र २०७५ १६:०४

मन्त्रिपरिषद्को बैठकले बलात्कार र त्यसपछि हत्या भएकी निर्माला पन्तको परिवारलाई सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

त्यस्तै, शुक्रबार कञ्चनपुर घटना विरोधमाथि प्रहरीको गोली लागेर मृत्यु भएका सन्नी खुनालाई सहिद घोषणासँगै उनको परिवारलाई १० लाख राहत दिने घोषणा गरेको छ ।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग सूचना तथा सञ्चारमन्त्री गोकुल बासकोटाले कञ्चनपुर घटनाबारे सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गरिने प्रतिवद्धता दोहो¥याए ।