महासंघ अध्यक्षकै गाउँपालिकामा भ्रष्टाचार

गुगलपाटी संवाददाता सिन्धुपाल्चोक
१० भाद्र २०७५ ०१:३१

सिन्धुपाल्चोकको जुुगल गाउँपालिकाका अध्यक्ष सहितका स्थानीय तहका पादाधिकारीले बजेट दुरुपयोग गरेको आरोप लगाउँदै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन गरेका छन् ।

अध्यक्ष होमनारायण श्रेष्ठलगायतका जनप्रतिनिधिले सडक निर्माणमा फर्जी कागजात मिलाएर भ्रष्टाचार गरेको आरोप लगाउँदै स्थानीयले आयोगमा निवेदन दिएका हुन् ।

१४४२ नम्बरमा दर्ता भएको उजुरीमा स्थानीयले हस्ताक्षर गरेको समाचार आजको कारोबारमा छापिएको छ ।

श्रेष्ठ गाउँपालिकाको छाता संगठन गाउँपालिका राष्ट्रिय महासंघ नेपाल नारमिन नामक गैरसरकारी संस्था एनजिओका समेत अध्यक्ष हुन् ।