हेटौँडामा रेडियो बुलेटिन शुभारम्भ

गुगलपाटी संवाददाता हेटौँडा,१० भदौ ।
१० भाद्र २०७५ १०:५१

मकवानपुरमा जिल्लामा सञ्चार क्षेत्रमा नयाँ आयम थप्ने उदेश्यले हेटौँडाबाट नयाँ रेडियोको रुपमा “रेडियो बुलेटिन ८९.७ मेगाहर्ज”ले सञ्चालन प्रारम्भ गरेको छ ।

रेडियो बुलेटिनले आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि भदौ १३ गतेबाट समाचार सहितका कार्यक्रमहरु शुभारम्भ हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै रेडियो बुलेटिनका प्रवन्ध निर्देशक अनिलकुमार खातीले सञ्चारको क्षेत्रमा मकवानपुरमा नयाँ आयम थप्ने उदेश्यले सेवा प्रारम्भ गरेको जानकारी दिए ।

मकवानपुरको हेटौँडा वडा नंबर ५ सानोपोखरमा रहेको रेडियोले सूचना, समाचार, संगित, मनोरञ्जनलाई प्राथमिकतामा राखेको रेडियोका स्टेसन म्यानेजर सुदिप विकले बताए ।

रेडियोको विषयमा जानकारी दिँदै रेडियोका समाचार प्रमुख धर्मेन्द्र दाहालले रेडियोले नाम अनुसारको काम गर्ने बताए । समाचारको क्षेत्रलाई महत्व दिएर काम गर्ने लक्ष्य राखिएको रेडियोले समाचारको क्षेत्रमा केहि नयाँ कार्यक्रमहरु उत्पादन तथा प्रशारण गर्ने समेत उनको भनाई रहेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ तीन नंबर प्रदेशका महासचिव कृष्ण सारुमगर, वानका केन्द्रीय उपाध्यक्ष उज्वल चौँलागाई, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुँमगाई, निवर्तमान उपाध्यक्ष गिरिजा अधिकारी  लगाएतको आतिथ्यता रहेको थियो ।