नारायणी अञ्चलका करिब २६ हजार नागरिक स्वरोजगार
कृष्णउदास खनाल हेटौंडा,११ भदौप्रदेश संचरना स्थापना हुनुभन्दा अगाडि रहेको नारायणी अञ्चल कार्यालयको पाँच जिल्लाका करिब २६ हजार नागरिकले हेटौंडामा रहेको ब्यवसायिक तथा सीप बिकास तालिम केन्द्रबाट स्वरोजगारका लागि तालिम लिएको पाइएको छ ।
् २०३३ सालमा स्थापना भएको सो कार्यालयले गएको आर्थिक बर्ष सम्ममा सो संख्यामा स्थानीयहरुलाई बिभिन्न शीर्षमा सीप प्रदान गरेको हो । स्थानीयहरुलाई सीप मार्फत आत्मनिर्भर बनाउनका लागि २५ हजार ५ सय ९७ जनालाई बिभिन्न शीर्षकको तालिम दिइएको ब्यवसायिक सीप तथा बिकास केन्द्रका प्रमुख युवराज गुरुङ्गले बताए । उनले सो मध्ये ११ हजार,७ सय ४१ ज्ना पुरुष र १० हजार,८ सय ५६ जना महिलाहरुलाई यो अवधिमा सीप दिइएको बताए ।
खासगरी सो कार्यालयले महिलाहरुका लागि सौन्दर्य,सिलाइकटाइ,पुरुषहरुका लागि पोम्बिंग,इलेक्टिक,बिधुत लगायतका क्षेत्रमा निःशुल्क रुपमा सीप प्रदान गर्दै आइरहेको कार्यालयका सूचना अधिकृत नवराज सापकोटाले जानकारी दिए । हाल सो कार्यालयमा बिषयगत प्रशिक्षकहरु सरकारले नियुक्त गरेको छ ।
अहिले अन्यौलता
यो आर्थिक बर्ष शुरु भएपछि भने कार्यालयको काम ठप्प रहेको छ । मुलुक संघीयतामा गएपछि यो कार्यालय कसको माताहतमा रहने भन्ने बिषयमा अन्यौलता हुँदा काम नै अवरुद्ध भएको कार्यालय प्रमुख गुरुङ्गले बताए । उनले हाल श्रम तथा रोजगार सामाजिक सुरक्षा मंत्रालयमा रहेको कार्यालय अब प्रदेशमा रहन सक्ने बताए । उनले सीप बिकास र सीप दिनका लागि नै खोलिएको यो कार्यालयलाई अझै ब्यवस्थित बनाइनुपर्ने र यसलाई अभिभकत्व कार्यालयको रुपमा बिकास गरिनु पर्ने बताए ।