हेटौंडामा यसरी मनाइयो गाइजात्रा
गुगलपाटी संवाददाता हेटौंडा,११ भदौ
हेटौँडामा भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ सोमबार विभिन्न कार्यक्रम गरि मनाइयो छ।
नेवा सास्कृतिक पुचः को आयोजनामा हेटौाडाको पिपलबोट क्षेत्रबाट सुरु भएको गाईजात्राको र्याली बजार परिक्रमा गरेर पिपलबोटमा आएर समापन भएको पुचःका अध्यक्ष विष्णुगोपाल महर्जनले बताए । एक वर्षभित्र दिवङ्गत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।
यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।हेटौंडा सहित देशका बिभिन्न शहरहरुमा सोमबार यो पर्व मनाइएको छ ।