उपत्यकाका बिद्यालय बन्द गरिने

गुगलपाटी संवाददाता काठमाडौं
१२ भाद्र २०७५ १०:१६

आगामी भदौं १४ र १५ गते काठमाडौं, ललितपुर र भक्तपुरका शिक्षण संस्थाहरु बन्द हुने भएको छ । संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले सुचना जारी गर्दै यस्तो निर्णय गरेको हो । बहुपक्षीय प्राबिधिक तथा आर्थिक सहयोगकालागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनलाई लक्षित गर्दै यस्तो निर्णय गरेको हो । यही भदौ १४ र १५ गते काठमाडौँमा बिमस्टेकको शिखर सम्मेलन हुँदैछ ।

नेपालीसहित सात मुलुकका सरकार प्रमुख र राष्ट्रप्रमुखको सहभागिता रहने हुनाले उनीहरुको सहजता र सुरक्षका लागि यस्तो निर्णय गरिएको शिक्षा मन्त्रालयले जानकारी दिएको छ । साथै बिदाको दिनमा शिक्षण संस्थाका सवारीहरु नचलाउन पनि मन्त्रालयले आग्रह गरेको छ।