रेडियो मकवानपुरले तीज बिशेष कार्यक्रम गर्ने

गुगलपाटी संवाददाता हेटौंडा,१२ भदौ
१२ भाद्र २०७५ १२:५०

दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुर १०१ दशमलव ३ मेगाहर्जले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजलाई यस बर्ष पनि जागरुक महिला सम्मान कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।

आगामी बर्षहरुमा पनि यसलाई निरन्तर गर्दै जानेछौं ।’ जागरुक महिला सम्मानमा सम्मानित हुने व्यक्तिको छनौटको लागि रेडियो सञ्चालक समितिका सदस्य राममणि दाहालको संयोजकत्वमा प्रकाश खतिवडा र शर्मिला डंगोल सदस्य रहेको ३ सदस्यीय समिति समेत निर्माण गरिएको छ । जागरुक महिला सम्मानबाट यसअघि २०७० सालमा गढीका सीतादेवी तिमल्सिना र आमभञ्ज्याङका सुलोचना स्याङ्तान, २०७१ मा हेटौंडा–२ का सरिता खरेल र बज्रबाराहीका चमेली वाइबा, २०७२ मा चुरियामाइका मञ्जु थिङ र हेटौंडा–१ का सुनिता नकर्मी सम्मानित भैसकेका छन् । यस्तै २०७३ मा हेटौंडा–२ का कल्पना शर्मा र दामनका हीरा लामा तथा गत बर्ष हेटौंडा–८ का साहित्यकार बबी थापा र हेटौंडा–१० का महिला उद्यमी सुन्दिरा श्रेष्ठलाई सम्मान गरिएको थियो ।