जनप्रतिनिधिद्वारा प्रहरी चौकी स्थापनाको माग

गुगलपाटी संवाददाता मकवानपुर,१३ भदौ
१२ भाद्र २०७५ १५:०६

 

मकवानपुरको राक्सीराङ गाउँपालिकामा प्रहरी चौकी स्थापनाका माग गरिएको छ ।
प्रदेश नम्बर तीनका सांसद सन्त बहादुर प्रजाको अगुवाइमा मंगलबार गृहमन्त्री राम बहादुर थापालाई भेट गरेको एक टोलीले राक्सीराङमा प्रहरी चौकी स्थापनाको माग गरेको हो । राक्सीराङमा प्रहरी चौकी नहुँदा बैंक तथा बित्तीय संस्थाहरु पनि बस्न नमानेका कारण र सुरक्षाको अवस्था पनि दयनीय रहेका कारण गृहमंत्रीको ध्यानाकर्षण गराएको प्रजाले बताए ।
सो अवसरमा गृहमन्त्री थापाले प्रहरी चौकी स्थापनामा आफूले सहयोग गर्ने प्रतिबद्धता जनाएका पनि प्रजाले बताए । सो अवसरमा नेपाल चेपाङका अध्यक्ष खेम चेपाङ,सदस्य प्रकाश चेपाङ लगायतका स्थानीयहरुको पनि सहभागिता रहेको थियो । यसअघि सथानमा प्रहरी चौकी स्थापना गर्ने बिषयमा जिल्ला प्रशासन मकवानपर र राक्सीरांग गाउँपालिकाले चोकी राख्नका लागि निर्णय गरिसकेको छ ।