प्रदेश तीनको नाम नेवाः ताम्सालिङ राख्न माग

गुगलपाटी संवाददाता हेटौंडा,१३ भदौ
१३ भाद्र २०७५ १२:२०

प्रदेश ३ को नाम नेवाः ताम्सालिङ राख्नुपर्ने माग गरिएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाइएको छ । नेवाताम्सालिङ समन्वय समितिका अध्यक्ष जयबहादुर गोलेको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले जिल्ला प्रशासन कार्यलय मार्फत् मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।

कार्यक्रममा नेवाः तामसालिङ समन्वय समितिको संयोजकद्धय लिलाकुमार घलान नेवाः दय दबुको जिल्ला अध्यक्ष योगेश्वर श्रेष्ठ , तामाङ घेदुङ्को सल्लाहकार शुभरत्न गोले, आदिबासी जनजाती महासघको नगर अध्यक्ष जंग बहादुर गुरुङ, तामाङ घेदुङको नगर अध्यक्ष भिमलाल सिन्तान, लगायतको सहभागिता रहेको थियो ।उनीहरुले यो प्रदेशको नाउँ यही नै उपयुक्त हुने बताएका छन् ।