सामान ओसार पसारको लागि हेटौंडा आइपुग्यो बजाज म्याक्सिमा सि
गुगलपाटी संवाददाता हेटौंडा,१३ भदौबजाज मोटरसाइकलको आधिकारिक बिक्रेता होराइजन अटो प्रा.लि. ले आज हेटौंडामा बजाज म्याक्सिमा सि सार्वजनिक गरेको छ । सामान बोक्ने तीन पाङ्ग्रे सवारी म्याक्सिमा सिको हेटौंडामा बिक्री सुरु गरिएको हो ।
होराइजन अटो प्रा.लि.का प्रबन्धक लालकाजिरत्न बज्रचार्यले बजार क्षेत्रमा सामान ओसार पसारको लागि उपयुक्त सवारी बजारमा ल्याएको दाबी गरे ।
उक्त तीन पाङ्ग्रे सवारी सार्वजनिक र्काक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख बिरेन्द्र कुमार ठाकुर, मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, नेपाल पत्रकार महासंघ प्रदेश तीनका महासचिव कृष्ण सारु मगर, मकवानपुर अध्यक्ष हरि हुमागाई लगायतको उपस्थिती रहेको थियो ।
४० देशमा टेष्ट भइसकेको बजाज म्याक्सिमा सिले पाँचसय ५० केजिसम्म सामान बोक्न सक्ने बजाज कम्पनीमा डिजिएम योगेन्द्र श्रेष्ठले बताए ।