एसबिआईमा ताला मात्र फोडिएको पाइयो, साथीको मनी ट्रान्सफरमा चोरी (अपडेट)
गुगलपाटी संवाददाता हेटौंडा, १४ भदौहेटौंडाको टिसिएनरोडमा रहेको एसबिआई बैंकको सटरको ताला मात्र फोडिएको र रकम भने चोरी नभएको प्रहरीले पुष्टी गरेको छ ।
गएराती बैकको तीनवटा सटरको ताला फोडिएको पाइएको थियो । सटर फोडिएको पाइएपछि चोरी भएको आशंकामा प्रहरीले अनुसन्धान गर्दा बैंकमा नगद भने चोरी नभएको पाइएको मकवापनुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
हेटौंडा–१० मा रहेको साथीको मनी टान्सफरमा भने गएराती नगद तथा रिचार्ज कार्ड चोरी भएको छ । सटर फोडेर चोरी भएको पाइएकोमा कति नगद र कति रिचार्जकार्ड चोरी भयो भन्ने बारेमा भने विवरण नआइसकेको र चोरको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।