रुँदै अदालत
गुगलपाटी संवाददाता स्याङ्जाश्रीमान श्रीमती दुबैको सहमतिमा सम्बन्ध विच्छेद हुने गरेको त हामी सवैले थाहा पाएका छौ तर स्याङ्जामा भने श्रीमतीलाई थाहा नै नदिइ सम्बन्ध विच्छेद गरेको अनौठो घटना भएको छ । भिरकोट नगरपालिका–३ साविक बानेथोक निवासी ५० वर्षीया मिना कुमारी क्षेत्रीले जिल्ला अदालतमा रुँदै भन्नुभयो– ‘मलाई थाहा नै छैन कसरी भयो सम्बन्ध विच्छेद ?’
श्रीमानले कुटपिट गर्ने, खान लाउन नदिइ राम्रो व्यवहार नगरेपछि माइतीको सहयोगमा पोखरा बसेर दुख गरी छोरीलाई पढाउदै आएको उहाँले बताउनुभयो । छोरी कृष्टिले ०७५ असार ११ गते जिल्ला अदालत स्याङ्जामा अंश माग गर्दै मुद्धा दर्ता गर्दा जिल्ला अदालतमा मीना कुमारी क्षेत्रीको सम्बन्ध विच्छेद भइसकेको भन्ने कुरा थाहा पाएपछि अहिले मीना आफुलाई यो कुरामा कुनै थाहा नै नभएको भन्दै न्यायको याचना गरी राख्नु भएको छ ।
भिरकोट नगरपालिका वडा न ३ साविक बानेथोक देउराली वडा न ७ का मोहन कुमार क्षेत्रीसँग २०४४ सालमा मागी विवाह गर्नुभएकी मीना कुमारी क्षेत्रीले ०४६ सालमा श्रीमानले अर्को विवाह गरेका थिए । घरमा विवाह गरेको छैन भन्ने उनले आफुलाईसँगै भारत लगेको र करिब दुईवर्ष भारतमा बसी एक छोरी जन्मिएपछि घर पर्किएको मीनाले बताउनुभयो । घरमा आएपछि आफुलाई खान लाउन नदिने कुटपिट गर्ने गरेपछि माइतीको सहयोगमा पोखरा बस्दै आएको मीनाले बताउनुभयो ।
तर, श्रीमानले अर्का राजेन्द्र अधिकारीसँग २०५५ साल फागुन १३ गते अर्को विवाह गरेर गएको भनी झुट्टा विवरण बनाइ अदालतबाट स्वतः सम्बन्ध विच्छेदको फैसला भएको जानकारी पाएपछि क्षेत्री अहिले आफू अन्यायमा परेको र सम्बन्ध विच्छेद बल्ल थाहा भएकाे बताउनुहुन्छ ।
जिल्ला अदालत स्याङ्जाका श्रेतेदार नन्दप्रसाद आचार्यले ०७३ साल भदौ ६ गते सम्बन्ध बिच्छेद भएको फिराद पत्रमा देखिएको बताउँदै बिरुवा अाचार्यले राजेन्द्र अधिकारीसँग २०५५ साल फागुन १३ गते अर्को विवाह गरेर गएको भन्ने विवरण फिराद पत्रमा देखिएको, अदालत बाट म्याद जारी गरी सूचना लिएर जाँदा राजेन्द्र अधिकारी र मिना कुमारी क्षेत्री घर जग्गा बिक्री गरी अन्यत्र गएकोले पीपलको रुखमा सूचना टास गरिएको र अदालत बाट दोस्रो पटक आदर्श समाज दैनिकमा ०७३ पुुस १५ गते प्रकाशित पत्रिकामा म्याद जारी गरेको र ०७४ साल वैशाख ६ गते सम्बन्ध विच्छेद हुने गरी फैसला भएको जिल्ला अदालतका श्रेतेदार नन्दप्रसाद आचार्यले बताउनुभयो ।
जनताटिभी अनलाइनबाट