स्थानीय पत्रपत्रिकाः एकैरात तीन स्थानमा चोरी, बेटी बचाउन साइकल यात्रा
गुगलपाटी संवाददाता हेटौंडाहेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले बुधबार राती हेटौंडाको विभन्न स्थानमा भएको चोरीको घटनाको समाचारलाई प्राथमिकता दिएका छन् ।
आजको हेटौंडा सन्देश दैनिकले चाडपर्व नजिकिन थालेसँगै बैंक तथा बित्तीय संस्था लुटिन थालेको समाचार छापेको छ । बुधबार राती हेटौंडा–१० मा रहेका साथीको मनी ट्रान्सफर, हेटौंडा १ नम्बर वडा कार्यालयमा चोरी गरी लाखौं रुपियाँ लुटिएको छ । त्यस्तै हेटौंडाको टिसिएनरोडमा रहेको एसबिआई बैंकमा पनि ताला फुटाएर लुट्ने प्रयास भएको छ । त्यस्तै पालुङको प्यासिफकि बचत तथा ऋण सहकारी संस्थामा गत असारमा चोरी गर्न खोज्नेको अझै पहिचान हुन नसकेको पनि सन्देशले लेखेको छ ।
आजको साझाकुरा दैनिकले छोरी चेली जोगाउ भन्ने नाराका साथ ५ हजार किलोमिटर साइकल यात्री हेटौंडा आइपुगेको समाचार छापेको छ । भारतको गुजरातस्थित सोमनाथ मन्दिरबाट नेपालको पुशपतिनाथसम्मको साइकल यात्रा तय गरेकी सुनितासिं चौकेन बिहीबार हेटौंडा आइपुगेकी हुन् । हेटौंडामा उनलाई एक कार्यक्रमकाबीच स्वागत गरिएको थियो ।
त्यस्तै समृद्ध समाज दैनिकले हेटौंडा ५ पिप्लेस्थित बालज्योति माविका प्रधानाध्यापकको विद्यार्थीलाई शुद्ध पिउने पाउने प्रदान गर्ने योजनासम्बन्धी समाचार पहिलो पृष्ठमा छापेको छ ।
हेर्नुहोस् हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाका पहिलो पृष्ठ