गाँजा र मदिरा मुक्त बनाउने निर्णय

गुगलपाटी संवाददाता वीरगन्ज
१० चैत्र २०७४ ११:५९

मदिरा र गाँजाका कारण समाजमा बिकृत बढेको भन्दै पर्साको एक गाउँपालिकाको वडाले मदिरा तथा गाँजा मुक्त भन्दै घोषणा गरेको छ ।
जिल्लाको कालीकामाई गाउँपालिका वडा नम्बर ५ मा शनिबारदेखि मदिरा र प्रतिबन्धित गाँजा र मदिरा निषेध गरिएको हो । गएको चैत्र ३ गतेगाउँपालिकाको वडा नम्बर ५ लाई मदिरा तथा लागूपदार्थ गाँजा निषेध गर्नेनिर्णय गरे अनुसार शनिबारबाट यो नियम कार्यान्वयन गरिएको वडा अध्यक्ष पवन तिवारीले जानकारी दिए ।

वडा कार्यालयले सातदिनको समय सीमा तोकेर वडाभित्रको मदिरा र गाँजा सबै हटाउन लगाएको अध्यक्ष पवनतिवारीले जानकारी दिए । ३ गतेको निर्णयानुसार नै शनिबारदेखि वडाभित्रमदिरा र प्रतिबन्धि गाँजाको पुरिया राख्न प्रतिबन्ध लगाएको उहाँलेबताउनुभयो । कसैले नियमलाई अटेर गरे कानुन बमोजिम कारवाही गरिने वडाअध्यक्ष तिवारीले बताए । आफ्नो वडा सहित पूरै गाउँपालिकालाई नै मदिरा तथा लागू औषध मुक्त गर्ने अभियानमा आफूहरु जुटेको पनि उनले बताए ।