लागूपदार्थ दुव्यर्सनविरुद्ध युवाहरुको सचेतना कार्यक्रम

गुगलपाटी संवाददाता हेटौंडा,१५ भदौ
१५ भाद्र २०७५ ०४:५१

श्री कृष्ण युवा परिषद् नेपाल, हेटौंडाले लागूपदार्थ दुव्यर्सनविरुद्ध शुक्रबार सचेतना कार्यक्रम गरेको छ । श्री कृष्ण जन्माष्टमी पर्व–२०७५ को अवसरमा युवा परिषद्ले शुक्रबार हेटौंडाको बुद्धचोकमा दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

जिल्ला युवा परिषद् मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सचेतना कार्यक्रममा आतिथ्यता श्री कृष्ण युवा परिषद् मकवानपुरका अध्यक्ष प्रकाश घिमिरे लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम श्री कृष्ण प्रणामी युवापरिषद् हेटौंडाका अध्यक्ष प्रकाश वाग्लेको अध्यक्षतामा सम्पन्न भएको हो ।कार्यक्रम संयोजक भृगु कार्कीले युवाहरुलाई दुब्र्यसन मुक्त गराउने उदेश्य सहित कार्यक्रम आयोजना गरेको बताए ।