केन्द्र सरकारले अनावश्यक हस्तक्षेप गर्यो   :  मन्त्री जमकट्टेल

गुगलपाटी संवाददाता हेटौंडा,१५ भदौ
१५ भाद्र २०७५ १२:३८

 

प्रदेश नम्बर तीनको आन्तरिक मामिला मंत्रालयले शुक्रबार अन्तरकृया कार्यक्रमको आायेजना गरेको छ । कार्यक्रममा बोल्दै तीन नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले संघीय सरकारले संबिधान मिचेको बताए ।
प्रदेश मामिला समितिको आयोजनामा संघीयतामा प्रदेशको शासन, सुरक्षा र प्रदेश प्रहरी विषयक कार्यक्रममा बोल्दै उनले संघीयतामा प्रदेशमा रहने प्रहरी ऐन कस्तो बनाउने भनेर प्रहरी नै बोल्ने बेला आएको बताए ।

प्रदेश प्रहरी ऐन बनाउनका लागि आफूहरु त्यति नहतारिएको बताउँदै उनले प्रदेश प्रहरी प्रदेशकै मातहतमा रहनुपर्ने बताए ।
कार्यक्रममा तीन नम्बर प्रदेशको प्रदेश मामिला समितिका सभापति माधव पौडेलले यस प्रदेशमा शान्ति सुरक्षा कायम गर्नका लागि आफूहरु लागिपरेको बताए । उक्त अवसरमा तीन नम्बर प्रदेशका प्रमुख सचिव आनन्दराज ढकालले प्रदेश सरकारले प्रदेश प्रहरी ऐन ल्याउँदै गरेको बताए ।

कार्यक्रममा पूर्व एआइजी केदार साउद, नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा लगायतकाले प्रदेश प्रहरी ऐनका विषयमा बोलेका थिए भने तीन नम्बर प्रदेशका सांसदहरु प्रेमबहादुर पुलामी, राजेन्द्र मान श्रेष्ठ, रिना गुरुङ, केशबप्रसाद पाण्डे लगायतकाले आफ्ना सुझावहरु राखेका थिए ।