युवा शक्तिको तीन नम्बर प्रदेशमा क्षेत्री
गुगलपाटी संवाददाता हेटौंडा,१५ भदौनयाँ शक्ति पार्टी निकटको युवा शक्ति नेपाल प्रदेश नम्बर ३ को भेलाबाट प्रदेश अध्यक्षमा तुफान बिक्रम क्षेत्री निर्वाचित भएका छन् ।
काठमाडौं पार्टी कार्यालयमा शुक्रबार भएको कार्यक्रमबाट अध्यक्षमा क्षेत्रीसंगै उपाध्यक्षमा रामकृष्ण ढकाल, प्रमुख सचिबमा सुजल श्रेष्ठ र हरिहर खतिवडा निर्वाचित भएका हुन् ।
कार्यक्रममा प्रमुख अथिती नया शक्ति पार्टी नेपाल प्रदेश न. ३ का संंयोजक सोनाम सिंस्याङ्तान , बिशिस्ट अतिथि युबा शक्ति नेपाल केन्द्रिय अध्यक्ष रमेश पोख्रेल लगायत थिए ।