कांग्रेसको हेटौंडा उपमहानगरमा क्रियाशिल वितरण

गुगलपाटी संवाददाता हेटौंडा, १६ भदौ
१६ भाद्र २०७५ ११:४३

नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले १६ र १७ नम्बरमा शनिबार क्रियाशिल तथा साधारण सदस्यता वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
हेटौंडा १६ मा पार्टी वडा सभापति एवं वडा अध्यक्ष रामकृष्ण कोईरालाको सभाध्यक्षता तथा जिल्ला पार्टीका निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमूख आतिथ्यता एवं १७ नम्बरमा वडा सभापति धुव्र लम्सालको सभाध्यक्षता, जिल्ला पार्टी सचिव बुद्ध लामाको प्रमूख आतिथ्यतामा क्रियाशिल तथा साधारण सदस्यता वितरण गरिएको थियो ।
कार्यक्रममा पार्टीका जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, जिल्ला सदस्य एवं संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्यहरु कृष्ण दाहाल, अर्जुन दाहाल, सुर्यबहादुर रुम्बा, जिल्ला सल्लाहकार दामोदर सुवेदी, १ नम्बर क्षेत्रीय सभापति दामोदर खनाल, हेटौंडा नगर सभापति आनन्दराम पराजुली, १७ नम्बर वडाका निर्वतमान वडासभापति नवराज न्यौपाने, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, सचिव सचित थापा, नगर अध्यक्ष सुनिल गिरी, १६ नम्बर तरुण अध्यक्ष नविन तिवारीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
क्रियाशिल तथा साधारण सदस्यता वितरणमा वडामा रहेर नेपाली कांग्रेसमा सक्रिय राजनीति गर्दागर्दै स्वर्गारोहण हुनुभएकाको ८ परिवारलाई सम्मान गरिएको थियो । १६ र १७ नम्बर वडामा विभिन्न पार्टी परित्याग गरी १ सय ६३ जनाले नेपाली कांग्रेसमा प्रवेश गर्दै साधारण सदस्यतासमेत लिनुभएको थियो ।