म्यानमारद्वारा बालसैनिक रिहा
गुगलपाटी संवाददाता म्यानमार, १६ भदौम्यानमारको सेनाले ७५ जना बाल सैनिकलाई रिहा गरेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ ।
चरणबद्धरुपमा बाल सैनिकलाई रिहा गर्ने क्रममा यस बर्ष पहिलो चरणमा उनीहरुलाई रिहा गरिएको समाचारमा जनाइएको छ ।
म्यानमारमा अहिले कति बालसैनिक छन् भन्ने एकिन तथ्याङ्क नभएपनि झण्डै पाँच लाख बाल सैन्य लडाकू रहेको अनुमान गरिएको छ ।
सन् २०१२ मा संयुक्त राष्ट्रसंघसँग भएको सम्झौताअनुसार सेनाले बालबालिका र बयस्क गरी ९२४ जनालाई रिहा गरेको राष्ट्रसंघीय निकाय युनिसेफले शुक्रबार जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
रिहा भएका बालबालिकालाई पुर्वस्थापना कार्यक्रममार्फत् पूर्ववत् अवस्थामै पुर्याउने प्रक्रिया थालिने युनिसेफको भनाइ छ ।
विज्ञहरुका अनुसार बालबालिकालाई युद्धमा होमिन दबाव आउने गरेपछि बाध्य भएर उनीहरु युद्धको चेपुवामा परेका थिए ।
अपहरणमा परेका बालबालिका विषेश गरेर पार्क, रेल स्टेशनलगायतका सार्वजनिक ठाउँबाट नियन्त्रणमा लगिएको थियो । (रासस/एएफपी)