डाक्टरहरुको आन्दोलनले मकवानपुरका बिरामीको बिचल्ली
गुगलपाटी संवाददाता हेटौंडा,१७ भदौ
यसैत सरकारी अस्पताल बद्नाम छ त्यैमाथि डाक्टरहरु आन्दोलनमा उत्रिएपछि बिरामीहरुको बिचल्ली भएको छ । नेपाल चिकित्सक संघले गरेको आन्दोलनको कारण मकवानपुरको हेटौँडामा रहेको एक मात्र सरकारी अस्पतालमाउपचारका लागि आएका बिरामी मारमा परेका छन् । हेटौँडा अस्पतालमा आइतबार बिहानैबाट सेवा ठप्प भएको हो । ओपिडि सेवा ठप्प हुँदा विरामीहरु भने अलपत्र परेका छन् । विभिन्न रोगको जाँचको लागि हेटौँडा अस्पतालमा पुगेका विरामीहरु भने चिकित्सकको आन्दोलनको कारण मर्कामा परेका छन् ।
१८ गते प्रशासनिक काम बन्द गर्ने, १९ गतेदेखि आकस्मिक बाहेक अन्य अन्तरंग सेवामा विरामी भर्ना नलिने, २० गतेदेखि आकस्मिक बाहेक अन्य अपरेसनहरु नै बन्द गर्ने चिकित्सक संघले बताएको छ ।भदौ २१ गतेदेखि आकस्मिक बाहेक ल्याब सेवा बन्द गर्ने र २२ गतेदेखि माग पूरा नभएसम्म आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने संघले जनाएको छ ।