वडा अध्यक्ष नै परस्त्रीसँग सल्किएपछि प्रहरीको फन्दामा
गुगलपाटी संवाददाता बागलुङ
१७ भाद्र २०७५ १५:२४
बागलुङका निर्वाचित जनप्रतिनिधि अर्कैको श्रीमतीसँग बसेको अवस्थामा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बडिगाड गाउँपालिकाका ७ का अध्यक्ष कृष्ण गुरुङ रहेका छन् । उनलाई परस्त्रीसँग बसेको अवस्थामा प्रहरीले रंगे हात पक्राउ गरेको हो।आईतबार बुर्तिबाङ बजारको एक होटलबाट दुवै जनालाई प्रहरीले पक्राउ गरेको बागलुङ जिल्लाका एसपी दिपक रेग्मीले बताए ।रेग्मीका अनुसार होटलमा दुवै जना बसेको श्रीमतीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले केहि समय पहिले पक्राउ गरेको र थप अनुसन्धान पछि थाहा हुने बताएका छन् ।